सुनाखरी न्युज / काठमाडौं ।
नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।भर्खर सम्पन्न पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१:९१ सेकेन्डमा दुरी पार गरेका थिए ।
उनले २०२० को टोकियो ओलम्पिक पनि खेलेका थिए । उनको यो दोस्रो ओलम्पिक हो । उनले गत फेब्रुअरीमा कताको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
एलेक्सको दोस्रो ओलम्पिक सहभागिता हो । यसअघि उनले २०२० को टोकियो ओलम्पिक खेलेका थिए । टोकियोमा उनी १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दा ७१ प्रतिस्पर्धीमध्ये ५९ औं स्थानमा आएका थिए ।