सुनाखरी न्युज / काठमाडौं ।
काठमाडौँको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।
बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय सरुप महतोको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ । नदी किनारमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । मृतका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।
मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी -खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ । बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन् ।