२०८१ मंसिर १२ , बुधवार

सेयर कारोबारमा नयाँ रेकर्ड

share-market-bullish

सुनाखरी न्युज / काठमाडौं ।

सेयर बजारमा बुधबार करिब २२ अर्बको कारोबार भएको छ। ५० करोड ९६ लाख कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोडभन्दा बढीको कारोबार भएको हो।यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्से परिसूचक ६४।२५ अंकले बढेर २७६०।९० विन्दुमा बन्द भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।१९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।

बैंकिङ १, विकास बैंक ३।२, फाइनान्स ८, होटल तथा पर्यटन २।९, हाइड्रोपावर २।१, लगानी ६।८, जीवन बीमा २।१, उत्पादन १।८, माइक्रोफाइनान्स ०।६३, निर्जीवन बीमा १।८७, अन्य ३।९ तथा ब्यापार समूह २।७ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ ।