२०८१ पुष ८ , सोमवार

चन्द्रपुर हस्पिटल र चन्द्रपुर सुनचाँदी ब्यवसायी संघबीच स्वास्थ्य सुविधा दिने सम्बन्धमा सहमति

Chandrpurrrrrrrr

सुनाखरी न्युज/ काठमाडौं ।
रौटहटको चन्द्रपुर हस्पिटल प्रा. लि. र चन्द्रपुर सुनचाँदी ब्यवसायी संघबीच स्वास्थ्य सुविधा दिने सम्बन्धमा सहमति भएको छ ।

सहमति पत्रमा संघका अध्यक्ष प्रल्हाद रामदाम र चन्द्रपुर हस्पिटलका प्रमूख डा. सुभाष कुमार चौधरीले साउन १५ गते चन्द्रपुर ४ मा आयोजित एक बिशेष कार्यक्रमका बीच हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता अनुसार ब्यवसायीहरुका निमित्त बिभिन्न ८ वटा रोगको उपचारमा अस्पतालका तर्फवाट बिशेष सहुलियत प्रदान गरिने चन्दूपुर सुनचाँदी ब्यवसायी संघले जनाएको छ । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकरी समिति सदस्य एवं चन्द्रपुर सुनचाँदी ब्यवसायी संघका संरक्षक प्रकास गहतराज लगायत विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी प्रमूख प्रहरी नायव उपरीक्षक राज कुमार, चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डा. सुवास चौधरी,हो टेल आरोही तथा एक्ट्रा भेराइटी डिपार्टमेन्ट स्टोर्सका संचालक शिवराम राउत , लगायत अन्य व्यावसायि  तथा कालिगडहरुको उपस्थिति रहेको थियो ।