२०८१ आश्विन ५ , शनिवार

हिमालय रोडिज सिजन ६ को छायांकन सुरु

Capture

सुनाखरी न्युज / काठमाडौं ।

एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ सिजन ६ को छायांकन सुरु भएको छ ।यसैसाता पर्सनल इन्टरभ्युको छायांकन सकिएको छ । यो राउण्डबाट आगामी कलिङ राउण्डका लागि ५३ जना छनोट भएका छन् । यसबाट पनि जर्नी राउण्डका लागि १६ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

बूढानीलकण्ठस्थित मह स्टुडियोमा छायांकन भइरहेको हो । कुल १८ एपिसोडको हुने यो सिजनमा कलिङ र जर्नी राउण्डको छायांकन बाँकी छ । यसपटक ‘वेलकम टु द जंगल’ थिम राखिएको छ र सोहीअनुसार टास्क गरिने भएको छ ।पुरानै होस्ट रेमन श्रेष्ठ होस्टको रुपमा फर्किएका छन् ।

ग्याङ लिडरको रुपमा यसपटक पनि अनुपविक्रम शाही, प्रियंका कार्की, आशिष राना लाउरे र दीया मास्केले निरन्तरता पाएका छन् । भदौ तेस्रो सातादेखि प्रसारण हुने कार्यक्रम हरेक सोमबार राति ९ बजे हिमालय टिभीमा आउनेछ ।