२०८१ मंसिर १० , सोमवार

२८०० नाघेर घट्यो सेयर बजार,पौने २२ अर्बको कारोबार

Share-Working

सुनाखरी न्युज / काठमाडौं ।

कारोबार भइरहँदा १२ : ३७ बजे २८०५ अंकसम्म पुगेको सेयर बजार अन्ततः २७५५ अंकमा झरेर बन्द भएको छ ।कारोबार अवधिमा एक पटक २८ सयको विन्दु पार गरेको नेप्से त्यो विन्दुमा अडिन सकेन। तर, बजार बन्द हुने समयमा नेप्से पुन बढ्ने प्रयासमा नै देखियो।

करिब १८ अंकसम्म घटिसकेको नेप्से बजार बन्द हुँदा मात्रै ५.२९ अंकले घटेर २७५५ विन्दुमा थामिएको छ। कारोबार रकम भने यसदिन पनि उच्च नै छ।

बिहीबार २१ अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएको हो। बुधबार बजारमा हालसम्म कै उच्च रकमको कारोबार भएको थियो। बुधबार २१ अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।यो रकम अघिल्लो दिनको तुलनामा २० करोड रूपैयाँ कमी आएको हो।