सुनाखरी न्युज/ काठमाडौं ।
कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने भएको छ । एक सूचना जारी गर्दै टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी तथा वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा टेलिकमले नतिजा प्राप्त गर्ने सम्बन्धमा जानकारी दिएको हो ।सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिका सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठसय ४७ परीक्षार्थी सहभागी थिए ।