२०८१ मंसिर ११ , मंगलबार

यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

rastya shika

 

सुनाखरी न्युज/ काठमाडौं ।

कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने भएको छ । एक सूचना जारी गर्दै टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी तथा वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा टेलिकमले नतिजा प्राप्त गर्ने सम्बन्धमा जानकारी दिएको हो ।​सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठसय ४७ परीक्षार्थी सहभागी थिए ।