२०८१ मंसिर ७ , शुक्रवार

सुनको मूल्यमा नयाँ रेकर्ड

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ। तोलामै मूल्य करिब डेढ लाख पुगेको छ। यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।

यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो।