२०८१ मंसिर १२ , बुधवार

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री थपिए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अरुण चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपा विकलाई वन तथा वातावरण र पूर्णबहादुर तामाङलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।