सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार जारी गरेको सूचनामा आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय उल्लेख गरेका छन्।