२०८१ मंसिर १२ , बुधवार

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।

मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार जारी गरेको सूचनामा आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय उल्लेख गरेका छन्।