२०८१ आश्विन ५ , शनिवार

हलमा लागे फिल्म ‘मोदीबेनी’ र ‘शिरफूल’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबारदेखि नेपाली हलमा स्वदेशी र विदेशी गरेर चारवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ फिल्म ‘मोदीबेनी’ र ‘शिरफूल’ आज रिलिज भएका हुन्।

नेपाली फिल्म ‘मोदीबेनी’ लाई शंकर कोइरालाले निर्देशन गरेका हुन्। सत्य तर अविस्वसनीय घटनामा आधारित भनिएको फिल्मलाई लभस्टोरी र सस्पेन्स थ्रिलर जनरामा राखिएको छ।

यो फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रविण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिपिल केसी, स्नेहा भट्टराईलगायत कलाकारको अभिनय छ। आनन्द विक्रम क्षेत्रीको कथा रहेको फिल्मको निर्माता दिलिप केसी हुन्।

त्यस्तै, कमल एक्चै मगरको निर्देशन रहेको ‘शिरफूल’ सामाजिक कथामा बनेको फिल्म हो। केही वर्षअघि निर्माण भएता पनि अहिले आएर यो फिल्मलाई प्रदर्शनमा ल्याइएको हो।

यसमा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ लगायतको अभिनय छ। अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्।बढ्दो आधुनिकताको प्रभावले युवा पुस्तामा देखिने सांस्कृतिक विकृतिलाई फिल्मले चित्रण गरेको जनाइएको छ।यो फिल्मलाई क्युएफएक्समा भने शो दिइएको छैन।