२०८१ कार्तिक १७ , शनिवार

बंगलादेशको आरक्षण विरोधी आन्दोलन चर्कियो, प्रदर्शन अब सरकार विरोधी

Bangladesh-Protest-1-1-1024×683

सुनाखरी न्युज/ काठमाडौं ।

बंगलादेशमा आरक्षण विरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ । विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा ढाकासहित देशका धेरै ठाउँमा हिंसा फैलियो ।

 

सिराजगञ्जमा अत्यधिक मानवीय क्षति भएको छ जहाँ १३ जना प्रहरीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।

आरक्षण विरोधी आन्दोलनको रूपमा सुरु भएका प्रदर्शन अब सरकार विरोधी आन्दोलनमा बदलिएको छ ।

 

विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै अवज्ञा आन्दोलनको घोषणा गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरूको समूहले नागरिकलाई कर वा अन्य बिल नतिर्न अपिल गरेको छ । उनीहरूले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न पनि आह्वान गरेका छन् ।

 

आन्दोलनकारीहरूले अहिले सरकार परिवर्तनको माग गरिरहेका छन् ।

 

यसैबीच सरकारले अगस्ट ५ देखि ६ गतेसम्म तीन दिने बिदा दिएको छ । गृह मन्त्रालयबाट जारी विज्ञप्तिमा भदौ ४ गते साँझ ६ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको उल्लेख छ ।

 

आइतबार साँझ ६ बजेदेखि अर्को सूचना नभएसम्मका लागि सबै सहर, नगरपालिका, नगरपालिका, औद्योगिक क्षेत्र, जिल्ला र उपजिल्ला सदरमुकाममा कर्फ्यु जारी रहने सूचनामा भनिएको छ ।

 

– बीबीसी हिन्दीबाट