२०८१ मंसिर ११ , मंगलबार

बिमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने दुई जना पक्राउ

pakrau-4

सुनाखरी न्युज/ काठमाडौं ।

बिमाको रकम लिन आफ्नै पसलमा आगजनी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पसल सञ्चालक पोखरा महानगरपालिका– १७ ड्यामसाइड बस्ने वर्ष ३६ का सुजन गहतराज र पोखरा– १७ बिरौटा बस्ने वर्ष ४३ का पवन नेपाल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिका वडा नं। ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७ निवासी २६ वर्षीय सुजन गहतराज र गहतराजलाई सघाउने ४३ वर्षीय पवन नेपाललाई शनिवार पक्राउ गरेको थियो ।

गहतराजको मुक्तिनाथ सपिङ सेन्टरमा साउन १६ गते राति सवा २ बजे आगलागी भएको थियो । नेपाल र गहतराजले पहिला योजना बनाई राति आगो लगाएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिनुभयो । “उहाँहरूले योजना बनाएर राति गएर आगो लगाएको देखियो । बिमाका लागि आफ्नो व्यवसायमा आफैँ आगो लगाएको घटना कास्कीका लागि नयाँ हो,” उहाँले भन्नुभयो । आगलागी लगत्तै गएको प्रहरी टोलीले सवा ३ बजे राति आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीको भोलिपल्टै साउन १७ गते गहतराजले बिमामा क्षति दाबी गरी निवेदन दिनुभएको थियो । घरधनीले करिब ७५ क्षति भएको उल्लेख गरेको र गहतराजले डेढ करोड क्षति भएको दाबी गरी निवेदन दिएको खुलेको छ । मुक्तिनाथ सपिङ सेन्टरको सन् २०२४ मार्च १५ मा दुई करोड १० लाखको बिमा गरिएको थियो ।