२०८१ आश्विन ५ , शनिवार

प्रधानमन्त्री ओलीलाई समेट्दै फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै भदौ ७ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।

पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलै स्थान दिइएको छ । यो फिल्ममा ओलीले प्रधानमन्त्रीकै रोलमा अतिथि भूमिका गरेका छन् । पोस्टरमा सम्माननीय प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड सर्भाइभरहरुलाई पनि देख्न सकिन्छ । यो फिल्म एसिड सर्भाइभरको वास्तविक जीवनीमा आधारित छ ।

फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि अतिथि भूमिका छ ।पटकथा शिवम अधिकारीले लेखेका हुन् ।फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय छ ।

चलेका कलाकारहरु सुरवीर पण्डित, सुनिल कटुवालको पनि अभिनय छ । रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।