२०८१ पुष ११ , बिहिवार

राष्ट्रियस्तरका विकास बैंकको कस्तो रह्यो गत आर्थिक बर्षको वित्तिय अवस्था ?

profit_line

सुनाखरी न्युज/ काठमाडौं ।

विकास बैंकहरूले गत आर्थिक वर्ष २०८०-८१ मा ५ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्ष २०७९-८० मा राष्ट्रियस्तरका यी ८  बैंकले ५ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । यी बैंकको नाफा एक वर्षको अवधिमा ९.४६ प्रतिशत बढेको हो ।

विकास बैंकमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब २४ करोड रुपैयाँ थियो । यस विकास बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा छ भने वितरणयोग्य प्रतिसेयर नाफा ४ रुपैयाँ ७१ पैसा छ ।

 

त्यस्तै दोस्रोमा रहेको गरिमा विकास बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस बैंकले १ अर्ब २६ करोड खुद नाफा कमाएको थियो । यस बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ तथा प्रतिसेयर वितरणयोग्य नाफा १० रुपैयाँ ५२ पैसा छ ।

साइन रेसुङ्गा विकास बैंकले गत आर्थिक वर्षमा ६९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष ७५ करोड ८० लाख रुपैयाँ थियो । यस बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा तथा वितरणयोग्य प्रतिसेयर नाफा ८ रुपैयाँ १२ पैसा छ ।

 

कामना सेवा विकास बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो पटक यस्तो नाफा ३६ करोड १३ लाख थियो । यस विकास बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३८ पैसा तथा प्रतिसेयर वितरणयोग्य नाफा १० रुपैयाँ ९१ पैसा छ ।

लुम्बिनी विकास बैंकले ६० करोड ३७ लाख खुद नाफा कमाएको छ । अघिल्लो पटक यस्तो नाफा ४९ करोड ७६ लाख थियो । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसा छ भने वितरणयोग्य प्रतिसेयर नाफा ७ रुपैयाँ ४० पैसा छ ।

सांग्रिला विकास बैंकले गत आवमा ५२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यस्तो नाफा २७ करोड ४ लाख थियो । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसा छ भने प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ १८ पैसा छ ।

महालक्ष्मी विकास बैंकले गत आवमा ४७ करोड १ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३७ करोड ७५ लाख थियो । कम्पनीको प्रतिसेयर आम्दनी ११ रुपैयाँ २७ पैसा छ भने वितरणयोग्य प्रतिसेयर नाफा ४ रुपैयाँ २५ पैसा छ ।

ज्योति विकास बैंकले गत आवमा २४ करोड ६५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवमा यस्तो नाफा ३० करोड १८ लाख थियो । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा छ । प्रतिसेयर वितरणयोग्य नाफा भने ९ रुपैयाँ २२ पैसा ऋणात्मक छ ।