२०८१ आश्विन ५ , शनिवार

आमिर खानले फिल्मबाट संन्यास लिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेका छन्।उनी यतिबेला अभिनयबाट टाढिएर शान्त जीवन बिताइरहेका छन्। अब आमिर खान फिल्मबाट सन्यास लिँदैछन्।

उनका छोरा जुनैदले एक अन्तर्वार्तामा भने, ‘मैले पिकेको सेटमा क्यामेराको पछाडि काम गरेको थिएँ। यसपछि मैले विज्ञापन पनि सुट गरेको थिएँ। महाराजपछि हामी आमिर खान प्रोडक्सनबाट ‘लापता लेडीज’ बनाइरहेका थियौं। त्यतिबेला उहाँले म रिटायर हुँदैछु, तिमी यो काम सम्हाल भन्नु भयो। यसैक्रममा मैले आमिर खान प्रोडक्सनको काम सम्हालेको हुँ।’

आमिर फिल्मी गतिविधीबाट समेत टाढा बस्न चाहन्छन्। उनले प्रोडक्सनको काम आफ्नो छोरालाई सुम्पिएका छन्। यतिबेला जुनैद फिल्म ‘प्रीतम प्यारे’ निर्माण गर्दैछन्। पछिल्लो समय आमिर ‘लालसिंह चढ्ढा’ मा देखिएका थिए। तर यो फिल्मले बक्स अफिसमा फ्लप भएको थियो।