२०८१ मंसिर १३ , बिहिवार

बढ्यो हेलिकप्टरको भाडा , कुन गन्तव्यको कति ?

helicopter

सुनाखरी न्युज/ काठमाडौं ।

हेलिकप्टर कम्पनीहरुले हेलिकप्टर चार्टर गर्दा लिने भाडा बढाएका छन् । आगामी अक्टोबर १ बाट लागू हुने गरी हेलिकप्टर कम्पनीहरुले भाडा बढाउने सहमति गरेका हुन् ।सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडामा ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको बताएका छन्।

भाडादरको सूचीअनुसार नेपालीहरूका लागि सबैभन्दा कम शुल्क काठमाडौँबाट गोसाइकुण्डको रहेको छ। यहाँ जानआउन दुईतर्फी यात्राका लागि डेढ लाख रूपैयाँ तिर्नुपर्छ। त्यस्तै सबैभन्दा बढी भाडा काठमाडौँ–दार्चुलाको १४ लाख रहेको छ। हेलिकप्टर कम्पनीहरु एयर डाइनेष्टी, अल्टिट्युड, फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री र सिम्रिक एयरका प्रतिनिधिले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौंबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडा वृद्धि हुने भएको हो ।

आगामी असोज १५ ९अक्टोबर १० बाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाउने सहमति गरेका हुन् ।त्यस्तै पर्यटकका लागि गरिने हिमाली क्षेत्रको उडानका लागि पनि भाडा बढेको छ। नयाँ भाडा अनुसार लुक्लाबाट सगरमाथा र मकालु क्षेत्र जानका लागि सबैभन्दा कम फाक्दिङका लागि ४०० डलर रहेको छ।