सुनाखरी न्युज/ काठमाडौं ।
बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस बिहीबार स्वदेश फर्किनुहुनेभएको छ ।बङ्गलादेशमा माइक्रोफाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्तावपछि उहाँ बिहीबार ढाका फर्कने कार्यक्रम रहेको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बिहीबार दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने उहाँको कार्यालयले जानकारी गराएको हो ।बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलार्य अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ ।
बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो । रासस/एएफपी