सुनाखरी न्युज/ काठमाडौं ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलकपुरमा एक युवती रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। स्थानीय २२ वर्षीया सानु विष्ट घरनजिकैको जंगलको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
उनका अनुसार सानुकी माइती पक्षका मानिस आज बिहान घटनास्थल आइपुगेका छन्। ‘अब छलफल हुन्छ र शव व्यवस्थापन प्रक्रिया अघि बढ्ला’, डीएसपी जोशीले भने।
उनका अनुसार युवती विवाहित हुन्। श्रीमान् पनि घरमै छन् । ‘तर सन्तान छ र छैन लगायत अन्य कुरा बुझिसक्न पाइएको छैन, अनुसन्धान गर्दै छौँ’, डीएसपी जोशीले भने।