२०८१ पुष ८ , सोमवार

काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा लिन नपाइने, बढी लिए कारबाही

Water-Jar

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ ।

विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ । एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।

पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

 

खासगरी होटलररेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन् ।

 

 

यी मूल्यभन्दा फरक पर्ने गरी होटलररेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।