सुनाखरी न्युज/ काठमाडौं ।
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ ।
जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन ।
भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।
गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७।६ थियो ।