२०८१ मंसिर २ , आइतवार

समृद्धि फाईनान्सको औरही शाखाबाट बृक्षारोपण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समृद्धि फाईनान्सले मिती २०८१ श्रावण २४ गते बिहिवारको दिन संस्थाको औरही शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कूल- औरही १ परिसरमा विभिन्न फलफुल र फुलका २७ वोटा बोट लगाई उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

श्रावण पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम श्रावण महिना भित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।