२०८१ आश्विन ५ , शनिवार

प्रधानमन्त्री ओली अभिनित फिल्म ‘नमेटिने घाउ’काे ट्रेलर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । दुई मिनेट २४ सेकेण्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।

ट्रेलरमा एसिड आक्रमणको घटनाका पीडितको मर्मस्पर्शी दृश्य प्रस्तुत गरिएको छ । बदलाले प्रेरित भएर किशोरी तथा युवतीमाथि कसरी एसिड आक्रमण गरियो र मुलुकका विभिन्न भागमा भएका आक्रमणका घटनालाई यसमा दर्शाइएको छ । भदौ ७ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मलाई रमित ढुंगानाले निर्देशन तथा निर्माण गरेका हुन् ।