सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंमा शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ।नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले विभिन्न कार्यक्रम गरी आदिवासी जनजाति दिवस मनाएको हो।
। मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्याली निकालेका छन् । र्यालीमा सहभागीहरु परम्परागत पोशाकमा सजिएका छन् ।
भृकुटीमण्डपबाट निकालिएको र्याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत हुने छ ।