२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘घर नम्बर २’को छायांकन सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘के घर के डेरा : घर नम्बर २’ को छायांकन सुरु भएको छ । ३० दिनको सेड्यूलसहित निर्माण युनिटले शुक्रबार गोदावरीबाट फिल्मको छायांकन सुरु गरेको हो ।

फिल्मको पहिलो सट अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिए । शुक्रबार दिनभर यी कलाकारको नै सुटिङ रहने छ । शनिबारदेखि सेटमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि ज्वाइन हुनेछन् ।

छायांकन अगाडि फिल्मको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा शुभसाइत भयो ।फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको समेत मुख्य भूमिका रहनेछ ।

कृष्णबहादुर थापाको छायांकन रहने फिल्म सामाजिक विषयवस्तु बन्न लागेको हो । फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन् । फिल्मलाई यसै वर्ष रिलिज गर्ने लक्ष्य निर्माण युनिटको छ ।