२०८१ पुष २७ , शनिवार

कुलमानले नेतृत्व सम्हालेपछि प्राधिकरणले कमायो ८२ अर्ब नाफा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो ८ वर्षमा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको बताएका छन्।

यो अवधिमा करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको उनले बताए। आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको उनले दाबी गरे।

शुक्रबार आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आज नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले हाल प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताए ।

‘कतिले कागजी नाफा भन्ने गरेको सुनिन्छ, यो त्यतिकै भएको होइन पछिलो ८ वर्षमा घाटा पूर्ति गेरर ४७ अर्ब नाफामा जाँदा ८२ अर्ब नाफा गरेको छ,’ उनले भने।आठ वर्षको अवधिमा विद्युतको प्रयोग उल्लेख्य बढेको उनले बताए।

प्रतिव्यक्ति विद्युत खपत १३१ युनिटबाट ४०० युनिट पुगेको, विद्युतको खपत बढेको कारण पेट्रोलको घटेको र विद्यतीय गाडी बढ्न थालेको उनले बताए।