२०८१ पुष १० , बुधवार

माछापुछ्रे बैंक र इ—क्यान झापा बीच सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

माछापुछ्रे बैंक लि. र EDUCATIONAL CONSULTANCY ASSOCIATION OF NEPAL (ECAN-Jhapa)बिच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा इ—क्यान झापाको तर्फबाट अध्यक्ष  रोशन सुबेदी तथा माछापुछ्रे बैंक लि.को तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरे ।

सम्झौता पश्चात इ—क्यान, झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने बैंकको भनाइ छ ।

साथै ECAN-Jhapaमा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउनुहुने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, Swift paymentमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सकिने छ।