२०८१ पुष १० , बुधवार

पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा अमेरिका र चीनबिच कडा टक्कर

Capture

सुनाखरी न्युज/काठमाडौं ।

फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ ।२६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो ।

अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट महिलातर्फको फाइनल खेल रहेका छन् । आज महिला म्याराथन, महिला बास्केटबल, महिला भलिबल, महिला बास्केटबल जस्ता समूह खेलको स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

आज साइक्लिङ ट्रयाक र रेस्टलिङमा ३-३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्स, बास्केटबल महिला, ह्याण्डबल पुरुष, मोर्डन पेन्टाथलन महिला, भलिबल महिला, वाटरपोलो पुरुष तथा भारोत्तोलन महिला (८१ केजीमाथि)मा एक-एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।महिला म्याराथनमा नेपालबाट सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् ।

नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ६ खेलाडीको खेल भइसकेको छ ।पदक तालिकामा चीन र अमेरिकाको शीर्ष स्थानमा रहने भन्ने होडबाजी छ । अन्तिम दिनको प्रतिस्पर्धाअघि चीन ३९ स्वर्ण जितेर शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्ण जितेर पछ्याइरहेको छ ।

चीनले २७ रजत र २४ कांस्यसहित९० पदक जितेको छ । यस्तै अमेरिकाले ४२ रजत र ४२ कांस्य पनि जितेको छ र कुल १२२ पदक जितेको छ ।अष्ट्रेलिया १८ स्वर्ण, जापानले १८ स्वर्ण,र आयोजक फ्रान्स पाँचौ स्थानमा छ ।पेरिस ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा राति ९ बजे सुरु हुनेछ । समापन समारोहमा चार वर्षपछिको ओलम्पिक आयोजक लस एन्जल २०२८ लाई ओलम्पिक झण्डा हस्तानतरण गरिनेछ ।