२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘खुस्मा’ को टिजर सार्वजनिक

Capture

सुनाखरी न्युज/काठमाडौं ।

अभिनेता धिरज मगर र अभिनेत्री उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने फिल्मको टिजरमा धिरज र उपासन प्रेमभाव र माओवादीको जनयुद्धले गाउँमा पारेको प्रभाव देखाउन खोजिएको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक अशोक थापा मगर हुन् । लेखन समेत मगरकै रहेको फिल्ममा निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतानमगर छन् भने सह–निर्मातामा मानबहादुर धनाहमगर र सुस्मिता बुढाथोकी हुन् ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारको अभिनय छ ।