२०८१ मंसिर ११ , मंगलबार

आजको मौसमः यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने

weather2

सुनाखरी न्युज/ काठमाडौं ।
देशभर हाल मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

त्यस्तै बागमती प्रदेशको काभ्रे र मकवानपुरमा हल्का वर्षा भइरहेको छ। सोमबार दिउँसो सबै प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको पनि उनले बताए। उनकाअनुसार दिउँसोको तुलनामा आज राति कम पानी पर्ने सम्भावना छ।

कोशी, ‍बागमति, गण्डकी र लुम्बनीका थोेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए।