राम कृष्ण पोखरेल –
विश्वमा विभिन्न कालखंडामा राजनितीक उथल पुथल हुन्छ र यसको समाघानको बाटो पनि समयमै खोज्ने गरेको पाईन्छ । तर विश्वका कैयन देशका शासक र प्रशासकहरूले समयमै सिक्ने र बुझ्ने चेष्टा गर्नका नसकेको कारण सत्ता असमयमै त्याग्नु परेको धेरै उदाहरणहरू छन ।
विश्वमा धेरै देशमा जनता माथी तानाशाहि शासन ब्यवस्था लादिन्छ । यस्ता तानाशाहहरूमा सैनिक हुन्छन, राजकिय शाहि राजा हुन्छन भने नागरिक तानाशाहहरू (civilian’s dictatorships ) हरू पनि २१औ शताब्दिमा समेत ब्याग्रलै देख्न र हेर्न पाईन्छ । सैनिक तानाशाहरू धेरै जसो अफ्रिकी मुलुकहरूमा देखिने गर्दछ । अफ्रिकी देश ( चाड, सुडान, नाईजर, माली, गयाना विसायु, मालि आदि अफ्रिकी महादेशमा छन भने स म्यनमार, लावोस, नोर्थ कोरिया जस्ता एशियाली देशहरूमा सैनिक शासनको अग्रता रहेको पाईन्छ । यसरिनै राजकिय शाहि राजाहरूको तानाशाहि नेत्रित्य जोर्डन, मोरक्को, बहरिन, ओमान, कतार , साउदि अरेबियाहरू जस्ता देशहरूमा चलिनै रहेको छ । यसरीनै मध्य युगिन समय अर्थात १७ औं देखि २० औ शताब्दिको अन्त सम्म युरोप, अफ्रिकी र एशिसाई देशहरूमा समेत धर्म र तानाशीही नायकको देवत्यकरण गरेर शासन प्रशासन चल्ने चलाउने गरेको धेरै पनि उदाहरणहरू छन । यो धर्म र ब्यक्तिको देवत्यकरण गरेर शासन प्रशासन नेपालमा पनि केहि समय अगाडि सम्म रहि आएको थियो । यो देवत्यकरणको अवस्थालाई चिर्न नेपालीहरूले विक्रम संवत २००७, २०४७ र २०६२र६३ मा ठुला ठुला आन्दोलनहरू नै गर्नु परेको ईतिहास हाम्रा सामुनै छ । धार्मिक संत महंत हरूले आफुलाई देवत्वकरण गरि शासन गर्ने देशहरुमा पछिल्लो उदाहरण अफगानिस्तान हो , जहां तालिवानी मुल्लाहहरूले शासन प्रशासन आफ्नो हातमा लिई ईश्वरको नाम र थेगोबाट शासन संचालन गर्दै गर्दा ईरानमा पनि घार्मिक गुरू अएतुल्ला खुमेनिको आदेशबाट शासन, प्रशासन, विदेश नीति र सैनिकको नियन्त्रण हुने गरेको देखिन्छ ।
प्रजातन्त्रिक आन्दोलनबाट स्थापित सरकारका प्रमुखहरू पनि नागरिक तानाशाह ( civilian director) हुने प्रथा पनि दोस्रो विश्व युद्ध पछि ब्याग्रलै देख्न, हेर्न र भोगेको अवस्थाहरू आएका आएका थिए र अझ यो तानाशाह हरू समय समयमा विश्व मानचित्रमा देखिनेनै गरेको छ। यहि नागरिक तानाशाहको कडि बंगलादेशको प्रधान शासिका सेख हसिना पनि थिईन भन्ने विभिन्न घटना परिघटनाहरूले देखाएको छ । यी प्रधान शासिकाले तीन तीन पटक सम्म जन निर्वीचित प्रधानमंत्री हुंदै गर्दा देशमा आर्थिक बिकासका सुचांकहरू उन्नत देखिएता पनि उनले गर्ने गरेको जनचाहना बिपरितका निर्णयहरूले शेख हसिनालाई सत्ता बाहिर मात्रै पुर्याएन अझ देश निकालानै गर्ने दिशा तिर उन्मुख हुदैं गर्दा बंगलादेशकै सैनिक तवकाको निगाहमा सैनिककै हेलिकप्टरमा चढेर भारततिर भाग्नु परेको समाचार र द्श्यहरू हामी नेपालीहरूको आगाडि छ्यांगै देखियो । नागिक तनाशाहका उदाहरणहरू धेरै छन । आवधिक निर्वाचन प्रणालीबाट जनताको मतबाट निर्वाचित भई नागरिक तानाशाह भएका धेरै उदाहरणहरू छन । कम्बोडिया, बेलुरस, रसिया, अल्जेरिया, अजरबैजान , भेनेजुएला आदि धेरै देशहरू छन नागरिक तानाशाह बाट पिरोल्एका । एउटै दल विशेसको अर्थात एकै मात्र दल मुलुकको राजनिती र शासकिय सत्तामा रहने ब्यवस्था चीन, उत्तर कोरिया, लावोस जस्ता देशहरू २१औं शताब्दिमा पनि अग्रपंक्तीमानै रहेका छन । नेपाल पनि विक्रम संवत २०१७ साल देखि एक दल विषेशको राजनितिक प्रशासनबाट चलाउंदै गर्दा संवत २०४७ सालको संविधानबाट बहु दलिय ध्रुवमा नेपाल अवतरण भएको हो ।
दक्षिण एशियाई देश श्रीलंका सन २०२२ मा श्रीलंकामा नागरिक तानाशाह महेन्दर राजापक्षेबाट उन्मुक्ति पाउन नागरिक बिद्रोहनै भएको थियो । देशको आर्थिकरूपमा टांट पल्टिन थालेको अनुभुति एका तर्फ थियो भने सत्ताको तर अर्राथात मलाई जापाक्षेका नाता गोता र तिनका साखा सन्तान र भरौटेहरूले मात्र लिने गरेको र आर्थिक घोटालाका अनगिन्ती कांडहरू हुदैगरेको आरोप लागे पछि श्रीलंकाली जनताको जनविद्रोह थाम्न र थेग्न न सक्दा महेन्द्र राजापाक्षेले आफनो देश श्रीलंका थोडेर थाईल्यान्ड तिर भाग्नु परेको थियो । दक्षिण एशिसाई देश अफगानिस्तानमा पनि धार्मिक अतिबादि समुह तालिवानीहरूले देशको शासन प्रशासन क्याप्चर गर्दा त्यहांको निर्वाचित राष्ट्रपति डा। अशरफ घानीले सन २०२१ अगस्त महिनमा देश छोडेर भाग्नु परेको थियो ।
दक्षिण एशियाई देश नेपालको सन्निकटनै रहेको बंगलादेशमा यहि अगस्तमानै जन विद्रोह भई बंगलादेशकी प्रधानमंत्री शेख हसिनाले देश छोडेर भाग्नु परेको छ । यो बिद्रोहको केहि संगिन आरोप उनी माथि लगाईएको बुझिन्छ । आरोपको द्रश्यहरू अझै सुअष्पस्ट भई सकेको अवस्था छैन । तर केहि आरोप आन्दोलनको क्रममा आएका मध्ये भ्रष्टाचार अग्रस्थानमा रहेको छ भने जनवरी २०२४ मा एकलौटि एकतर्फि आम चुनावको तानावाना बनाई सत्ता हत्याएको आरोप पनि शेख हसिनालाई लागेको छ । यसरीनै आ आफना नातागोता भई भारदारहरूलाई आरक्षणको कोटाको बहानमा ठुला ठुला पद र ओहदामा लगेको संगिन आरोप पनि छ । शेख हसिनालाई पटक पटक आफुनै प्रधानमंत्री हुने तानावाना बुन्ने गरेको आरोप पनि लाग्ने गरेको छ । यस अर्थमा बंगलादेशकी पुर्व प्रघानमंत्री शेख हसिनालाई कोटा को दुरउपयोग, पटक पटक प्रधानमंत्री भई राज्यको दोहन गर्ने गरेको कारणबाट जन बिद्रोहलाई थेग्न न सक्दा नांगै खुट्टा हेलिकोप्टर चढि देश छोडि भाग्नु परेको छ ।
नेपालमा पनि श्रीलंका र तक्कालै बंगलादेशमा भएको जनबिद्रोहको चर्चा समाजिक संजाल र संचार जगतहरू लगाएतमा यत्र त्यत्र पढन र सुन्न थालिएको छ । यस अर्थमा नेपालका राजनितिक दलका नेताहरूले तत्काल ध्यान दिने वा हेक्का रख्ने हरू के के बिषय हुन खुट्टाउन जरूरी देखिन्छ । १। वर्तमान संघिय संविधान संसोघन गरि समुनपातिक ९ संघ र प्रदेश० प्रणालिको विकल्प तत्काल दिन सक्नु पर्छ । यो पंक्तिकारले आफ्नो पुर्वलेखमा पनि केहि बिकल्पहरू पस्केको थियो । यसरिनै सरकारमा पटक पटक ओहदा ओगटेर बस्ने प्रवृतिको अंत हुने उपायको खोजि तक्काल विकल्प जनता सामु तेर्सायाउन सक्नु पर्छ यो जन चासोको बिषय पनि हो । मुलुकमा विद्यमान भ्रष्टाचार गरि राज्यको साधन र श्रोतको दोहनको रोकथाम गर्न गराउन सुसंकृत शुसानको अनुभुति दिने कार्य गर्नु जरूरी छ । देशको विभिन्न ओहदामा निउक्त गर्ने ब्यक्ति र ब्यकतित्यहरूको छनौट सहि रूपमा गरि सरकारका विभिन्न पद र ओहदामा जिम्मेवारि दिने कार्यमा वर्तमान प्रधामंत्री र यिनका मतियार सहयोगिहरू सचेत र संवेदनशिल भई कार्य गर्नु पर्ने बेला छ । म तिमीलाई माया गर्छु भनेर प्रेम पुर्ण भाव ( romantic leadership) देखाउने झुडंबाट दलका नेता हरू घेरिन र प्रशस्ति सुन्न रूचाउने नेता र कार्यकर्ताहरू बाट शासन प्रशासन चल्न् सक्दैन । यस्तो romantic leadership शासन प्रशासन दिगो पनि बनाउन सक्दैनन् ।
– मुलुकले थेग्न न सक्ने आयोग र सरकारी संरचनाहरू तोडफोड कांट छांट गरि राजनितिक मतियारहरूको भर्ति केन्द्रको रूपमा काम गर्ने निकाय र आयोगहरू तत्काल बन्द गर्नु पर्छ ।
– भ्रष्टाचार र भ्रष्टहरूको दोहलो लिन तत्काल कानुनी दायरामा ल्याउन जिम्मेवार र सरोकार वाला सरकारी निकायहरूमा सक्षम, विगतका जिम्मेवारि सफल रूपमा गर्न सकेकाहरूरो प्रोफाईल अध्यन गरि ईमान्दार विज्ञहरूलाई जिम्मेवारी दिने ब्यवस्था गर्न सक्नु पर्छ । नेपालका उद्योग धन्धाहरू बन्द गराउने प्रपन्चका कारणबाट असंख्य युवा युवतीहरू बिदेश पठाउने प्रपंचगरि देशलाई परिवर्तनका संबाहक युवा युवती विहिन बनाई देश लुट्ने आ आफ्ना भरौटे हरूलाई समुनपातिक कोटा र आरक्षणबाट निउक्ति दिने प्रपंचको पर्दा फास हुंदै गएको बेला वर्तमान सरकार र यसका मुखिया समयमै चेत हुने बेला आएको छ । बंगलादेशका अन्तरिमकालका वर्तमान मुखिया डा। मोहम्द युनुसले संवेदनशिल भई सोरह् जनाको मात्र टिम ९ मंत्रीमंडल० बनाई सरकार चलाउने प्रयास गरेका छन ।
– प्रदेशिक सासंदको चुनाव बालिमकाधिकार बाट होईन स्थानीय सरकारको “निर्वाचक मंडलबाट” गर्ने ब्यवस्था गर्न वर्तमान संविधान संसोधन गर्नु पर्छ भन्ने आम सोच रहेको छ । यसबाट चुनावी भ्रष्टाचार रोक्न सकिन्छ भने संघीय चुनावमा चुनावी भ्रष्टाचार र भ्रष्टहरू रोक्न सासंदहरूलाईनै संघमा मंत्री बनाउने ब्यवस्था खारेज हुनु पर्छ । सरकार प्रमुख अथवा प्रधानमंत्रीले आफ्नो टिम (मंत्री) आफै छान्न पाउनु पर्छ । यो ब्यवस्था युरोपको नोर्डिक देशहरू ( नोर्वे, फिनल्यान्ड, डेनमार्क आदि देशहरू रहेको छ। यी नोर्डिक देशहरू विश्वको भ्रष्टाचारको सुचाकंमा उन्नत देखिएका छन । अर्थात अतिनै कम भ्रष्टाचार हुने देशमा दर्जिएका छन ।
संविघानमा प्रधानमंत्रीका मंत्रीहरू ब्यक्तिगतरूपमै पनि संसद प्रति जिम्मेवार बनाउनु पर्छ । प्रधानमंत्रीले चैन गरेका मंत्रीहरूको नाम संसदबाट अनुमोदन गर्ने ब्यवस्था अनिवार्य हुनु पर्छ । यस्तो ब्यवस्था किमार्थ अनौठो होईन । अफगानिस्तानमा सन २००१ मा बनेको राष्ट्रपति करजाईको सरकारले पनि प्रयोगमा ल्याएको थियो । यसको मुल उदेश्य प्रधानमंत्रीको मंत्रीमंडलमा सबै समुदाय, सबै तवकाका ब्यक्तीहरूको पनि राज्यसत्तामा पहुच भयो कि भएन सुनिश्चित गर्नुनै थियो अफगानिस्तानमा ।
माथि दिएका केहि उदाहरणहरू, कथन, चिन्तन र विश्वेषणहरू लहड चाहि पक्कै होईन । न्युनतम राजनितीक सोच र चेतना भएका नेताहरू संवेदनशिल हुन अत्यन्तै जरूरी छ । मुलुक प्रति संवेदनशिल दलका ईमान्दार र कर्मठ राजनितीक कर्मीहरू र दलका उच्चपदस्थ नेता र सुप्रिमेहरूले देश सधैं लहडमानै चलिहाल्छ भन्ने लोचबाट मुक्त हुनु पर्छ । रोमान्टिक लिडरशिपको लहडमा नेताहरू रमाई राख्ने हे भने मुलुकमा अनिष्ट न आउला भन्न सकिदैन । मुलुकमा सुसंस्कृत शुसाशनको थालनि गरि मुलुकलाई अस्थिरताको भुमरीबाट जोगाई समग्र विकासलाई दिगो बनाउन र जनतामा विश्वास जित्न सक्नेकामको थालनी वर्तमान सरकारका प्रमुख र यीनका सहयोगिहरूले सुसंकृत, स्वथ्छ र प्रतिष्ठित देश बनाउने थिती बसल्न जनताको मांग रहेको छ ।
(पोखरेल विकास तखा शुसाशन बिज्ञ हुनुहुन्छ । )