२०८१ पुष १० , बुधवार

हैजा सङ्क्रमण बढ्दै, सङ्क्रमितको सङ्ख्या ५० पुग्यो

haija

सुनाखरी न्युज/ काठमाडौं।

हैजा सङ्क्रमण  देशभरका पाँच जिल्लाका ५० जनामा भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।