२०८१ मंसिर १० , सोमवार

सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त गर्न सकिने   बैंकले जनाएका छन्।

छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय (City Sales Office) वा एयरपोर्टको काउन्टर(Airport Sales Counter)बाट भुक्तानी गर्नुपर्ने हुन्छ ।