२०८१ आश्विन ५ , शनिवार

‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यसवर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । आइतबार ओएसआर युट्यव च्यानलबाट रोमान्टिक गीत रिलिज भएको हो ।

दीपक शर्माद्वारा संगीतबद्ध डान्सिङ ट्रयाकमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर समावेश छ । गीतमा फिल्मका दुई शीर्ष कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।विवाहका लागि यो गीतलाई छमछमी नाच्न मिल्ने शैलीमा तयार पारेका छन् ।

त्य निर्देशक सुनिल क्षेत्रीले कलाकार र गीतको मुडअनुसार भिन्न सेट र कथानुसारको कम्पोज गरेका छन् । गीतको सुरु र अन्त्यमा अर्का मुख्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को न्यारेसन समावेश छ । भिडियोमा माग्ने बुढा पनि देखिन्छन् ।

यो फिल्म दसैं फूलपातिको छेकोमा असोज २४ मा रिलिज हुँदैछ । दीपाश्री निरौला निर्देशित फिल्म आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको हो । माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् ।