सुनाखरी न्युज/ काठमाडौं ।
वर्षासँगै मंगलबार रातिदेखिको आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं, पोखरा तथा नारायणगढ जाने सवारी साधनको लाइन लाग्न थालेको प्रहरीले जनाएको छ ।