२०८१ पुष ११ , बिहिवार

ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले मिति २०८१ सालको श्रावण १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो।बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरू लगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरुको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय Radiant InfoTech Nepal Pvt. Ltd.बाट उक्त डिजिटल हस्ताक्षर लिएको बैंकले जनाए ।

डिजिटल हस्ताक्षर प्रणाली सुचारु भए पश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसंग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुनेछ। साथै भौतिक रूपमा उपस्थित भई कागजात पेश गर्नुपर्ने बाध्यता हट्ने बैंकको भनाइ छ । यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य बैंकले बोकेको जनाएको छ ।
डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रिय रुपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ।

बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनसँगै समग्र बैंकिङ सूचना प्रणालीको सुरक्षा, सरलता, र सुदृढता थप बढाउन Hyperconverged Infrastructure (HCI)मा आधारित अत्याधुनिक सर्वर प्रणालीलाई लागू गरेको छ। हालै, बैंकले डिजिटल बैंकिङ अनुभवलाई अझ प्रभावकारी बनाउनको लागि नयाँ, परिष्कृत, र प्रयोगकर्तामैत्री आधिकारिक वेबसाइट पनि सुचारु गरेको छ।

बैंकलेVideo Bankingमार्फत अनलाइनबाट खाता खोल्ने व्यवस्थाका साथै डिजिटल बैंकिङलाई थप सरल र विश्वसनीय बनाउने उद्देश्यले विकास बैंकहरूमा पहिलो पटक QR कोड मार्फत भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त गर्न सकिने “QR Audio Box” प्रविधि, डेबिट र्ड बिना नै मोबाइल बैंकिङ एप मार्फत एटीएमबाट पैसा झिक्न सकिने Cardless Cash Withdrawalसेवा, एपबाटै मुद्दती खाता खोल्न सकिने सुविधा, विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री र सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने प्रिपेड डलर कार्ड सेवा, र चेकबुक बिना नै मोबाइल बैंकिङ एप मार्फत त्तच् कोड स्क्यान गरेर रकम झिक्न सकिने Scan & Withdrawसेवा लागू गरेको छ।