२०८१ मंसिर ९ , आइतवार

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक बीच सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यससम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर– काठमाण्डौं र कौशलटार–भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआर “QR” बाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सकिने  जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।