२०८१ पुष १० , बुधवार

बैंकिङ प्रणालीको निक्षेप ३ अर्बले बढ्यो, कस्तो छ कर्जा प्रवाहको अवस्था ?

Bank

सुनाखरी न्युज/ काठमाडौं ।
बैंकिङ प्रणालीको निक्षेप बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १७ अर्ब पुगेको छ । साउन २८ गते बैंकिङ प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो। साउन २७ गते भने बैंकिङ प्रणालीमा ६४ खर्ब १४ अर्ब निक्षेप संकलन भएकोमा २८ गते ३ अर्बले निक्षेप संकलनमा वृद्धि आएको हो ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि २ अर्बले बढेको छ । असार २७ गते ५६ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २८ गते ५६ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेका छन् । त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने केही सुधार देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ४ अर्बले बढेको छ । गत आइतबारसम्म ५१ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएकोमा आइतबार भने ५१ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाहमा पनि केही सुधार देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७९.२ प्रतिशतमा कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।