२०८१ मंसिर ११ , मंगलबार

एप्पल कम्पनीको लोगोमा काटिएको स्याउ किन राखिएको होला ?

apple-unveils-new-product-updates-at-its-cupertino-headquarters-1173660957-b084320aa2b7446bb737e00569d0c4f8

सुनाखरी न्युज/ काठमाडौं ।

एप्पल कम्पनिको हरेक उत्पादनमा हामीले उसको लोगो देख्ने गरेका छौं । त्यो लागो अरुको भन्दा अद्भुत र अनौठो देखिन्छ । देख्दा अनौठो यो लोगो हाम्रो समाजमा प्रतिष्ठाको सूचक पनि मानिन्छ । यद्यपि, स्याउको कथा आइज्याक न्युटनसँग सम्बन्धित छ । न्युटनले रूखबाट स्याउ खस्ने रहस्यलाई गुरुत्वाकर्षणको खोज सुल्झाएका थिए । एप्पलको लोगो सबैभन्दा पहिला सन् १९७६ मा न्युटनको स्याउको रूख मुनि बसेको अवस्थासँग सम्बन्धित रहेको छ । पछि काटिएको स्याउलाई एप्पल कम्पनीको लोगो बनाइएको थियो ।

खासमा कहाँ बाट आएको थियो त यो लोगो रु कसरी सिर्जना भएको थियो यो लोगो रु यसको कहानी यो लोगो जस्तै केही अनौठो छ । केही समय पहिले एक जना एलन मेथसिन नामका कम्प्युटर वैज्ञानिक थिए । जसले जर्मनको कोड ह्याक गर्ने मेसिन बनाएका थिए जसको नाम ट्युनिङ मेसिन थियो । त्यसपछि उनलाई सरकारले विभिन्न सजाय सुनाएको थियो, शारिरिक र मानसिक दुवै । भनिन्छ सरकारले दिएको सोही तनावकै कारण उनले आत्महत्या गरे । उनको आत्महत्या शैली पनि निकै फरक थियो । उनले एउटा स्याउमा साइनाइट हालेर खाएका थिए । एककपटक टोकेको साइनाइट युक्त स्याउलाई उनले टेबलमा त्यत्तिकै छोडेका थिए ।

धेरै वर्षपछि दुई व्यापारीहरु आफ्नो कम्प्युटरका लागि लोगोको खोजीमा थिए, तब उनीहरुलाई एलनको नाम स्मरणमा आयो । त्यसपछि उनीहरुले एलनलाई श्रद्धात्तजली दिंदै र उनको सम्मानार्थ उनले अन्तिमपटक टोकेर छोडेको स्याउलाई लोगो बनाउने निर्णय गरे ।एप्पलले लोगोमा किन पूरा स्याउ प्रयोग नगरेर आधा काटिएको स्याउनको प्रयोग गर्‍यो रु भन्ने प्रश्न तपाई हामी धेरैको मनमा आउँछ ।

एप्पलको लोगोमा काटिएको आधा स्याउन प्रयोग हुनु पछाडिको कारण यसलाई चेरी फलसँग फरक देखाउनलाई थियो भनिन्छ । किनकी एप्पल र चेरीको आकार उस्तै हुन्छ र एप्पल कम्पनीको यस लोगोलाई मानिसहरूले चेरी ठान्न सक्छन् भन्ने मान्यता थियो, त्यसैले एप्पललाई काटिएको स्याउको लोगो बनाएर फरक बनाएको हो । तर समयक्रमसँगै एप्पलको लोगो समेत केही परिवर्तन हुँदै आयो ।