२०८१ मंसिर ११ , मंगलबार

३००० विन्दुमा नेप्से परिसूचक,करिब ३० अर्बको सेयर कारोबार

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एक पटक नयाँ रेकर्ड बनेको छ।यसअघि साउन २८ गते २७ अर्ब २४ करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो।बिहीबार २९ अर्ब ९५ करोड रूपैयाँको सेयर कारोबार भएको छ।

यो रकम पछिल्लो रेकर्डभन्दा २ अर्ब ७१ करोड रूपैयाँ बढी हो।यो ऐतिहासिक उच्च कारोबार हो। हालसम्म बजारमा यो दरमा कारोबार भएको छैन।बिहीबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ।

यसदिन ३३४ वटा धितोपत्रको छ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच भएको हो।बिहीबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटाको घटेको छ। यस्तै एक कम्पनीको मूल्य स्थिर रहेको छ।