२०८१ आश्विन ५ , शनिवार

‘कार्साङ’ मा यस्तो छ दयाहाङको गेटअप तस्बिर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता दयाहाङ राई यतिबेला फिल्म ‘कार्साङ’ को छायांकनमा छन्। यम शेर्पाको निर्देशनमा सिन्धुपाल्चोक जिल्लामा फिल्मको छायांकन भइरहेको छ। यो फिल्मको छायांकन सेटबाट दयाहाङको गेटअप तस्बिर सार्वजनिक भएको छ।

जसमा उनी नव–अभिनेत्री सिर्जना निङ्लेकुसँग छन्।सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहनेछ।

यसमा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहेनछ। बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्दैछन्।यस फिल्मको निर्माता पुरूषोत्तम प्रधान हुन।