२०८१ मंसिर ९ , आइतवार

टाटा मोटर्सका डिलरहरुलाई पन्च इभिको टेस्ट ड्राइभ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले चितवनको सौराहामा आफ्नो नेपालभरी रहेका डिलरहरुलाई पन्च इभिको टेस्ट ड्राइभ गरिइरहेको छ । टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको छ ।

नाडा अटो–शोमा लन्च गर्न लागिएको पन्च इभी नेपालको बहुप्रतीक्षित गाडी हो । सबै सहभागीहरुबाट पन्च इभिलाई देखेर उत्शाहित प्रतिक्रिया आएको कम्पनीले जनाएको छ ।पन्च इभी भारतमा अत्याधिक रुचाइएको गाडी हो । भारतमा टाटा पन्च मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।

पन्च इभिमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरु रहेको कम्पनीको भनाइ छ । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।साथै माईक्रो एसयूभी पन्च ईभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ । भारत एनक्यापले सम्पन्न गरेको उक्त टेष्टमा पन्च ईभीले एडल्डट र चाइल्ड दुबै अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको छ ।