२०८१ मंसिर ११ , मंगलबार

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

न्याय परिषद्ले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको तयारी गरेको छ । न्याय परिषदमा शुक्रबार नियुक्ति सम्बन्धी छलफलका लागि बैठक सुरु भएको छ ।

परिषद् स्रोतका अनुसार सर्वोच्च अदालतका रिक्त ४ र उच्च अदालतका रिक्त १० न्यायाधीश नियुक्तिका लागि परिषद् बैठक बसेको हो । यसअघि न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीशको नियुक्ति गरी पदस्थापना गरेको थियो ।

सर्वोच्च अदालतमा लामो समयदेखि न्यायाधीश रिक्त रहेको छ ।सर्वोच्चमा मुद्दाको चाप धेरै भएकाले नियुक्ति गर्नुपर्ने दबाबमा प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् ।