२०८१ मंसिर ११ , मंगलबार

आज थारू समुदाय रैब पर्व

Raib-Festival-tharu-community

सुनाखरी न्युज/ काठमाडौं।

पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँछन् ।

यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिनररैब पर्व वा बडका अटवारीका रुपमा मनाउने गरिन्छ । यसवर्ष बडका अट्वारी भने भदौ २३ गते परेको छ ।

 

आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । यसपर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद् भुलाइ चौधरी बताउँछन् ।

 

उनी भन्छन्,’थारुहरू प्रकृतिका पूजारी हुन् । त्‍यसकारण प्रकृतिमा पाइने फलफूल, दूध, दही खानुपर्छ। सूर्य प्रकृतिमा सबैमा ठूलो शक्तिको स्रोत हो। यसको प्रकाशले रोग, व्याधि सबै नाश हुने भएकाले यसको उपासना गर्दै आएका छौं।’