सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत साउन २९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँ पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।