२०८१ आश्विन ५ , शनिवार

अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन्।शनिबार राति भएको फिनालेमा कोच प्रमोद (प्रमोद खरेल) को टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्।

विजेता बनेसँगै उनले ट्रफीसहित १० लाख रुपैयाँ जितेकी छिन्।फिनालेमा ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्वितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा थिए।