२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘लाज शरणम्’ बाट डेब्यु गर्दै ‘सक्किगोनि’ की मुन्नी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘सक्किगो नि’ टिभी सिरियलकी चर्चित कलाकार मुन्नी दर्शकमाझ लोकप्रिय छिन् ।सिरियलकै टिमले बनाउन लागेको कथानक फिल्म ‘लाज शरणम्’बाट मुन्नीले ठूलो पर्दामा डेब्यु गर्ने भएकी छन् ।निर्माण कम्पनी जेपीटी क्रियसनले महत्वपूर्ण भूमिकामा मुन्नीलाई साइन गरिएको जनाएको हो ।

शनिबारको सामाजिक सञ्जाल पोस्टबाट निर्माताले मुन्नीको कास्टिङबारे जानकारी दिएका हुन् । यो सोसल तथा कमेडी फिल्मलाई जिग्री ब्रो उर्फ कुमार कट्टेलले निर्देशन गर्दैछन् ।

यो फिल्ममा विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, सागर लम्साल बले, अर्जुन घिमिरे पाँडे, कमलमणि नेपाल, बबिन राई उर्फ गल्फने बाजे, माला लिम्बू, मुकुन्द श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय हुनेछ ।

भदौ तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ र सहनिर्मातामा रामनरेश शाह छन् । महाशिवरात्रीको अवसरमा फागुन १४ गतेदेखि फिल्म देशव्यापी प्रदर्शन हुने जनाइएको छ ।