२०८१ मंसिर ११ , मंगलबार

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो ।

अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो ।

राष्ट्र बैंककाअनुसार गत आवमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेशिएका छन् । गत आवमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको राष्ट्र बैंकले जनाएको छ ।